तपाईँ सुन्दै हुनुहुन्छः

बुढीगण्डकी जलविद्युतको जग्गाको मुआब्जा निर्धारणबारे सरोकारबालाहरुसंग परामर्श

भुवनप्रसाद आचार्य, काठमाण्डौ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत परियोजनाको जग्गाको मुआब्जा निर्धारणबारे सरोकारबालाहरुसंग परामर्श गर्नुभएको छ ।

गोरखा र धादिङबाट प्रतिनिधित्व गर्ने सांसद र पुर्व सांसदहरुसंग मन्त्री पुनले आइतवार उर्जामन्त्रालयमा परामर्श गर्नुभएको हो ।

मन्त्री पुनले बुढीगण्डकी जलविद्युत परियोजना राष्ट्रिय गौरवको आयोजना भएको भन्दै मुआब्जा निर्धारण गरेर अघि बढ्ने तयारीमा मन्त्रालय रहेको दुवै जिल्लाका जनप्रतिनिधीहरुलाई जानकारी दिनुभयो । उहांँले सरोकारबाला सवैलाई यो काममा सहयोग गरिदिन समेत आग्रह गर्नुभयो ।

हाल सम्म सरकारले ४४ हजारभन्दा बढी रोपनीको मुआब्जा वितरण गरिसकेको छ भने १८ सय रोपनी जग्गाको मुल्य निर्धारण बांकी रहेको छ । उक्त जग्गाको मुल्य निर्धारणको लागी मन्त्रालयले सबै सरोकारवालाहरुसंग छलफल अघि बढाएको हो । गोरखाको आरुघाट, आरखेत र धादिङको आरुघाट र खहरेमा मुआब्जा निर्धारण बांकी छ ।

छलफलमा पुर्वमन्त्री गंगालाल तुलाधर,पुर्व सांसद चीनकाजी श्रेष्ठले सांसद हरि अधिकारीलगायतले शिघ्र मुआब्जा निर्धारण गरी बाँकी जग्गाको टुंगो लगाईदिन मन्त्री पुनसंग आग्रह गर्नु भएको उर्जा मन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button