तपाईँ सुन्दै हुनुहुन्छः

‘बालअधिकार सम्बन्धी ऐन, कानुनहरुको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको प्रतिवद्धता आवश्यक’

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बालअधिकार र बाल न्यायसम्बन्धी ऐन, कानुनहरुको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको प्रतिवद्धता आवश्यक रहेको बताउनुभएको छ ।

केन्द्रीय बाल न्याय समितिले आज काठमाडौंमा आयोजना गरेको बालन्याय सम्बन्धी एकदिने कार्यशालाको उद्घाटन गर्दै प्रधानन्यायधिश जबराले बाल न्यायसम्बन्धी ऐन कार्यान्वयनको प्रतिवद्धतासँगै सम्बन्धित निकायको सक्षमता र क्रियाशीलता आवश्यक रहेको बताउनुभयो ।

उहाँले बाल न्यायका लागि कानुनी, संरचनागत आधार र बालन्याय सम्पादनमा अवधारणागत स्पष्टता र बालन्याय अनुकुलको दृष्टिकोण आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

प्रधानन्याधिश जबराले सर्वाेच्च अदालतबाट भएको न्याय सम्पादन र प्रतिपादित सिद्धान्तहरुले बालन्याय प्रशासनको विधिशास्त्रीय विकासमा महत्वपूर्ण योगदान पु¥याएको स्मरण गराउनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बाल अधिकारको संरक्षण र न्यायका लागि सरकारले आवश्यक कानुन निर्माण गर्न, त्यसको कार्यन्वयन का लागि सबैसँग सहकार्य गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले बाल सुधारगृह थप्न सरकारले काम अघि बढाइसकेको र बाल न्यायलाई प्रधावकारी बनाउन कार्यशालाबाट आवश्यक सुझाव प्राप्त हुने विस्वास व्यक्त गर्नुभयो ।

महान्यायधिवक्ता अग्निप्रसाद खरेलले सरकारी बकिलको कार्यसम्पादन प्रभावकारी बनाउँदै लैजान बालन्याय लगायत ९ वटा विषयमा विशिष्टिकृत तालिम र क्षमता अभिवृद्धिलाई जोड दिएको बताउनुभयो ।

उहाँले बाल सुधारगृहको अवस्था अत्यन्तै कमजोर रहेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने भन्दै कानुनी द्वन्द्वमा परेका बालबालिकाको न्यायका लागि न्याय प्रशासनको क्रियाशीलता अवश्यक रहेको बताउनुभयो ।

कार्यशालामा सर्वाेच्च अदालत, उच्च अदालत, बालबालिका सम्बन्धी बढि मुद्दा रहेका जिल्लाका जिल्ला न्यायधिश, बाल न्यायका क्षेत्रमा कार्यरत गैरसरकारी संरुथाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button