तपाईँ सुन्दै हुनुहुन्छः

आपराधिक क्रियाकलापमा संलग्न ‘बाघे’ भनिने सन्देश लामा पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले आपराधिक क्रियाकलापमा संलग्न ‘बाघे’ भनिने सन्देश लामालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न लामालाई आज दिँउसो पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका लामालाई स्वयम्भूबाट पक्राउ गरिएको जानकारी दिनुभयो । महाशाखाको टोलीले पक्राउ गरिएका लामालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button