तपाईँ सुन्दै हुनुहुन्छः

सात बिगाहामा लगाईएको गाँजा खेती फडानी (तस्बिर सहित)

बारा । जिल्ला प्रहरी कार्यालय बाराले बाराथलीमा सात बिगाहा क्षेत्रफलमा लगाईएको गाँजा खेती फडानी गरेको छ ।

प्रहरी नायब उपरिक्षक रन्जित सिंह राठौरको नेतृत्वमा ईलाका प्रहरी कार्यालय सिमरा, ईलाका प्रहरी कार्यालय निजगढ र अस्थाई पोष्ट रतनपुर खटिएको प्रहरी टोलिले निजगढ नगरपालिका वडा नं.१२ स्थित बारा र मकवानपुर जिल्लाको सिमानामा पर्ने बाराथलीमा लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।

अवैध रुपमा लगाईएको गाँजा अन्दाजी ७ बिगाहा क्षेत्रफलमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button