तपाईँ सुन्दै हुनुहुन्छः

कानून विपरीत मिर्गौला प्रत्यारोपणको आरोपमा ५ जना पक्राउ

काठमाडौं । ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकी कानुन विपरित किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा ५ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत बिपेन्द्र प्रधान, निदान अस्पतालका कानुन अधिकृत कुमुदकुमार भट्टराई, चिकित्सक डा.राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले र मिर्गौला ग्रहण गरेका रामेछापका शंकरलाल लामा रहेका छन् ।

अस्पतालमा मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button