तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो भवन निर्माणमा सहयोग जुट्दै

मेलम्ची – मेलम्ची नगरपालिका वडा नं १२, बाँसबारीका ठाकुरप्रसाद धितालले रेडियो मेलम्चीको भवन निर्माणका लागि १ लाख ४ हजार १९६ रुपियाँ सहयोग गर्नुभएको छ । धिताल केही वर्षदेखि संयुक्त राज्य अमेरिकामा बस्दै आउनुभएको छ । भवन निर्माण कार्यमा व्यक्तिगत रुपमा सहयोग गर्नेहरुमध्ये उहाँले सबैभन्दा बढी रकम प्रदान गर्नुभएको हो ।

यसअघि मेलम्ची नगरपालिका वडा नं ११ का सदस्य, जरायोटार एकीकृत वस्तीका अध्यक्ष, समाजसेवी टिकाप्रसाद धितालले रेडियो मेलम्चीको भवन निर्माणका लागि १ लाख १ हजार १ सय ११ रुपियाँ सहयोग गर्ने प्रतिबद्धताअनुसार ५१ हजार १ सय ११ रुपियाँ हस्तान्तरण गर्नुभएको छ ।

त्यसैगरी सिन्धुकोटका समाजसेवी राजु रायमाझीले ४० हजार सहयोग गर्नुभएको छ । मेलम्ची बालगृहका सञ्चालक, समाजसेवी गणेशविक्रम सिलवालले ३० हजार ३० प्रदान गर्नुभएको छ । मेलम्ची ११ का समाजसेवी शिवराम भट्टराईले ३० हजार सहयोग गर्नुभएको छ । अहिलेसम्म २५ हजार व्यक्तिगत सहयोग गर्नेमा ज्यामिरेका भरत विष्ट, भीमटारका उद्धव अधिकारी, ज्यामिरेका आइतमान तामाङ हुनुहुन्छ ।

करिब ६५ लागतमा बन्ने रेडियोको बहुउद्देश्यीय भवन निर्माणका लागि हालसम्म ९४ जनाबाट ८ लाख ५५ हजार ९७४ रुपियाँ व्यक्तिगत सहयोग उठेको रेडियो सञ्चालक समितिका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभएको छ । अन्य ९८ जनाले सयोगको प्रतिबद्धता जनाउनुभएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button