तपाईँ सुन्दै हुनुहुन्छः

घाँस काट्दा लडेर युवतीको मृत्यू

सोलुखुम्बु । सोलुखुम्बु, असोज २९ गते । सोलुखुम्बुको खुम्बुपासङल्हमु गाउँपालिका–१ बुक्सामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।

घाँस काट्न जाने क्रममा माप्यदूधकोशी गाउँपालिका–१ जुभिङका १९ बर्षिया अरुणा राईको भीरबाट लडेर मङ्गलबार दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरीक्षक उत्तम कार्कीको नेतृत्वमा टोली पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक नारयणप्रसाद चिमरियाले जानकारी दिनुभयो । घटनाको अवस्था स्थलगत रुपमा हेरी मुचुल्का गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button