तपाईँ सुन्दै हुनुहुन्छः

महरालाई सरकारी वकिलको कार्यालय लगिने

काठमाडौं। संसद सचिवालयकी एक महिला कर्मचारी माथि हिंसा तथा दुर्व्यबहारको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई केही बेरमा बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिने भएको छ ।

प्रहरी प्रभाग सिंहदरवारको हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिए पछि उपचारका लागि उहाँलाई अहिले नर्भिक अस्पतालमा राखिएको र दिउँसो १.०० जिल्ला सरकारी वकिलको कार्यालयमा लगिने प्रहरी प्रहरी परिसर काठमाडौका डीएसपी कृष्णबहादुर चन्दले बताउनुभयो ।
सरकारी वकिलको कार्यालयबाट उहाँलाई सिधै काठमाडौं जिल्ला अदालत लगिने छ ।महिला माथि दुर्व्यबहार भएको आरोपमा महरालाई दश दिन अघि प्रहरीले सभामुखको निजी निवासबाट पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button