२०७९ साल असार १५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्रप्रतिको मूल्य र मान्यतालाई तलमाथी हुन दिन्न : प्रधानमन्त्री ओली

रेडियो नेपाल २०७६ असोज २६ गते १७:१९

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रप्रतिको मूल्य र मान्यतामा तलमाथी पर्न नदिने बताउनुभएको छ । नेपाली काँग्रेसले वडादशैंलगायत विभिन्न चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल ४५ बर्ष देखिका आफ्ना साथी भएको स्मरण गर्दै आफ्नो लोकतन्त्रप्रतिको निष्ठा उहँहरुलाई राम्ररी जानकारी भएको ब ताउनुभएको छ । “शेरबहादुर देउवा, रामचन्द्र पौडेल मेरा ४५ बर्ष देखिका साथी हुनुहुन्छ । उहाँहरुलाई लोकतन्त्रप्रतिको मेरो निष्ठा राम्रैसँग थाहा छ । त्यो निष्ठालाई म तलमाथी हुन दिन्न ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले दशैं लगायतका चाडवाडले नेपालीको संस्कृतिलाई जीवन्त राख्ने मात्र नभइ आपसी सम्बन्धलाई पनि बलियो बनाउने बताउनुभएको छ । “यस प्रकारका चाड र शुभकामनाका कार्यक्रमले राजनीतिक दलहरु बीच्को कटुतालाई पनि अन्त्य गर्छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर अहिले त हामीमा कटुता हैन मित्रता छ । यस कार्यक्रमले हाम्रो मित्रतालाई थप बलियो बनाएको महसुस मैले गरेको छु । ”

सम्बन्धित