तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा ग्यास सिलिण्डर बिस्फोट हुँदा चार जना घाईत

महोत्तरी – महोत्तरीको सोनमा गाउँपालिकामा ग्यास सिलिण्डर बिस्फोट हुँदा चार जना घाईते भएका छन् ।

सिलिण्डर ग्यास बिस्फोट हुँदा सोनमा गाउँपालिका ८ का २५ वर्षीय सरोज कुमार यादव, २६ वर्षीय कौशल यादव, २६ वर्षीय रितेश कुमार यादव र १७ वर्षीय सन्तोष पासवान घाइते भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

शुक्रबार दिउँसो सोनमा गाउपालिका ८ स्थित सिंहाशनीमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादव सहभागी हुने चियापान कार्यक्रममा ग्यास लिक भएर सिलिण्डर बिस्फोट भएको  प्रहरीले जनाएको छ ।

घाइते चारै जनाको जनकपुरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय गौशलाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button