तपाईँ सुन्दै हुनुहुन्छः

चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा नेपाली सेनाको नयाँ रणनीति, चाडपर्वमा सुरक्षा व्यवस्थामा कडाई (फोटोफिचर)

चितवन – चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा नेपाली सेना नयाँ रणनीतिकासाथ कडाई गरेको छ । विशेष गरेर नेपालीहरुको दशैँ, तिहार छठलगायतका चाडपर्वसगैँ चोरी तस्करको ध्यान निकुञ्जमा हुनसक्ने भन्दै फरक रणनीतिका साथ चितवन राष्ट्रिय निकुञ्ज सुरक्षामा कडाइ गरिएको हो ।

चाडपर्वमा आम सर्वसाधारण मानिसको ध्यान रमाइलो गर्ने तर्फ हुन्छ निकुञ्जको सुरक्षार्थ खटिएको बटुकदल गणका गणपति प्रमुख सेनानी अरुण श्रेष्ठले भने, यस्तो समयमा वन्यजन्तुमाथि हुनसक्ने सुरक्षा खतरा रोक्न सुरक्षा कडाई गरिएको हो ।

साथै उनले महान चाड वडा दशँै तथा शुभ दिपावलीको यस अवस्थामा संरक्षण कार्य अत्यन्तै चुनौतीपुर्ण रहने हुनाले यस अवस्थालाई मध्ये नजर गर्दै निकुञ्जको संवेदनसिल ईलाकालाई पहिचान गरी विशेष सुरक्षा योजना समेत लागु गरेको बताए ।

उनले वन्यजन्तु संरक्षणमा हुन सक्ने सम्भावित गतिविधिलाई न्युन गर्न यस बटुकदल गण र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त पहलमा यस निकुञ्जको एरियामा विशेष किसिमको अपरेशन संचालन गर्दै आईरहेको जानकारी गराए ।

जसका लागि निकुञ्जमा सेनाले उच्च स्तरीय प्रविधिको सिसि क्यामरा, क्यामरा ट्यापिगं, डोन क्यामरा, हात्ती, पदैल, साईकल, मोटरसाईकल, डुङ्गा पट्रोल र रात्रीकालिन एम्बुसको संख्या बृद्धि गरिएको छ ।

यस्तै निकुञ्जको अति संवेदनशिल क्षेत्रमा तालिम प्राप्त कुकुरहरु साथै हात्तिको प्रयोग गरी विभिन्न स्थानमा सर्च, स्विपको कार्यमा जोड दिईएको छ ।

आफुहरु जनस्तरबाटै संरक्षणमा सक्रिय भई स्थानियहरु रमाउने यस समयमा थप चनाखो बन्नुपर्ने हुदाँ नेपाली सेनाको बटुक दल गण यस गम्भिरताका साथ लागेको उनले बताए ।

सेनाले चाडपर्वमा स्थानियहरु आफ्नै रमाईलोमा व्यस्त हुने हुदाँ सेना नै यस समयमा बढी सक्रिय बन्नुपर्ने देखेर विगतको उपलव्धीलाई कायम राख्नसमेत चुनौती भएकाले आधुनिक प्रविधिको प्रयोग गरेर विशेष टोली परिचालन गरिएको गणपति श्रेष्ठले बताए ।

“तस्करको निगरानी त छुट्टै छ, जंगलबाट चर्दै बस्ती नजिक आएका वन्यजन्तुको सुरक्षामासमेत टोली रातभर नै खटाइने गरिएको छ,” उनले भने । बस्ती नजिक आएका वन्यजन्तुबाट धनजनको क्षति हुने र तस्करले समेत निशाना बनाउनसक्ने भएकाले त्यस्ता वन्यजन्तुका लागि टोली नै परिचालन गरेर रात्रि गस्ती शुरु भएको निकुञ्जले जनाएको छ ।

दुर्लभ एकसिंगे गैंँडा र पाटेबाघको मुख्य वासस्थान चितवन निकुञ्ज हो । विगतमा यहाँ तस्करबाट यस्ता वन्यजन्तु मारिने गरिए पनि पछिल्लो वर्षमा भने तस्करको गतिविधि छिटफुटबाहेक शून्य जस्तै छ ।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाका बटुक दल गण र निकुञ्ज कार्यालयका कर्मचारीले निकुञ्जको कडाइका साथ सुरक्षा गरिरहेका छन् । निकुञ्जको अवस्था थाहा हुने गरी स्विप अप्रेसन सम्पन्न गरेसगैँ । दशैँको अवसरमा निकुञ्जको नेपाली सेनाको ४५ वटा पोष्ट र निकुञ्ज कार्यालयको १३६ वटा पोष्टका सेना र कर्मचारीले निकुञ्जमा स्वीप अप्रेसन गरेका थिए

निकुञ्जको कसरा, जर्नेली, कछुवानी, सौराहा, खगेन्द्रमल्ली, अम्रिते, सुनाचुरी, वनकट्टा, बोटे सिमरा, बगई र इच्छानगरलगायतका पोष्टबाट निकुञ्जलाई घेरा हाली चुरे अप्रेसन गरिएको थियो ।

सो क्रममा खाना पकाउने चुल्हो, मानिस हिँड्ने बाटो, खानेकुरा फाले नफालेको, सडेगलेका खानेकुरा, जडीबुटी उखेले नउखेलेको, जनावर मरेका जस्ता कुराको सूक्ष्म अध्ययन गरिएको छ ।

निकुञ्जमा दैनिक १५१ वटा साइकल, नौवटा गाडी, १६ मोटरसाइकल, चारवटा कुकुर, १७ वटा पोष्टबाट हात्तीले नियमित गस्ती गर्दै आएका छन् । निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिंगे गैँंडा, पाटेबाघ, चित्त, हात्ती, गोही, जरायो, भालु, गौरीगाईलगायतका पाइन्छन् । निकुञ्जको तथ्याँकमा चितवनको पूर्वी क्षेत्रमा मात्रै ६० भन्दा बढी गैँंडा छन् । निकुञ्जमा पछिल्लो गणनामा ६०५ गैंँडा र ९३ पाटेबाघ रहेको तथ्याङ्क छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button