तपाईँ सुन्दै हुनुहुन्छः

एक हप्तामा ११ अर्ब बढीका नोट सटही

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हप्तामा ११ अर्ब रुपैयाँ भन्दा बढीका नयाँ नोट सटही गरेको छ ।

दशैंको अवसरमा राष्ट्र बैंकले असोज १० गतेदेखि १७ गतेसम्म उक्त परिमाणमा नयाँ नोट सटही गरेको हो ।

दशैंमा सर्वसाधारणहरुलाई नयाँ नोट सहटी सुविधा दिन १२ अर्ब रुपैयाँ छुट्याइएको थियो ।

राष्ट्र बैंकले १२ अर्ब रुपैयाँ बराबरका ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नयाँ नोट सहटीका लागि व्यवस्था गरेको र त्यसमध्ये १६ गते बेलुका सम्म ११ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट साटिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिनु भयो ।

गत वर्ष राष्ट्र बैंकले १२ अर्ब रुपैयाँ बराबरको नयाँ नोट दशैंमा मात्रै सटही गरेको थियो । यो वर्ष कति सटही भए वास्तविक विवरण दशैंपछि मात्र यकिन तथ्यांक आउने प्रवक्ता निरौलाले बताउनु भयो ।

यो वर्षको दशैंमा प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ मात्रै नयाँ नोट पाइएको थियो । नेपाल राष्ट्र बैकले नयाँ नोटहरुको प्रयोग जतनका साथ गर्न, रङ नलगाउन, जथाभावी नपटयाउन र केरमेट नगरी प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button