तपाईँ सुन्दै हुनुहुन्छः

दशैंसम्म वर्षा हुने

काठमाडौं । यस पटक दशैंसम्म देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले दशैं अविधसम्म देशभर वर्षा हुने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार रातिदेखि वर्षा शुरु हुने जनाएको छ ।

असोज १७ गते शुक्रबार

दिउँसो देशभर बादल लाग्ने छ । पूर्वी तथा पश्चिमी भूभागका अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना छ। राति मध्य तथा पूर्वी वर्षाको सम्भावना छ। । पश्चिमी भेगमा पानी पर्नेछ ।

असोज १८ गते शनिबार

दिउँसो देशभर बादल लाग्नेछ । पूर्वी तथा पश्चिम भूभागको पहाडी भेगमा वर्षाको सम्भावना छ। राति मध्य तथा पूर्वी भेगमा बादल लाग्ने र वर्षा हुने सम्भावना छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button