तपाईँ सुन्दै हुनुहुन्छः

‘ब्युरोक्रेसीको सेवा प्रवाह प्रभावकारी हुनु आवश्यक छ’:मन्त्री थापा

काठमाडौं –महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले कर्मचारी जनताको स्थायी सरकार भएकाले प्रभाबकारी रुपमा सेवाप्रवाह गर्नुपर्ने बताउनुभयो ।

समाज कल्याण परिषदले विहीवार आयोजना गरेको वडादशैको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले देशको जुनसुकै सामाजिक परिवर्तनका लागि कर्मचारीहरुको योगदान अतुलनिय रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले थापाले संघिय लोकतान्त्रिक गणतन्त्र सहितको शासनसत्ता जोगाउनका लागि सबै मिलेर अगाडी बढ्न आग्रह गर्नुभयो ।

वडादशै सत्यको बिजयको रुपमा मनाइने पर्व भएपनि हाम्रो समाजमा पुर्ण रुपमा सत्यको विजय भइनसकेको उहाँको भनाइ छ ।

उहाँले समाजमा अझै पनि विभेद,शोषण,दमन,अन्याय र अत्याचार रहेका कारण त्यसलाई परास्त गर्न अभियान संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री थापाले विगतमा जनता भन्दा माथि कोही एकजना व्यक्तीले शासन गर्ने व्यवस्थाको अन्त्य भएर जनताद्धारा निर्वाचित जनताकै छोराछोरीले शासनसत्ता सञ्चालन गर्ने व्यवस्था शुरु भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button