तपाईँ सुन्दै हुनुहुन्छः

१३ टन सुन र ३० अर्ब नगदसहित चिनियाँ कम्युनिष्ट पार्टीका नेता पक्राउ

एजेन्सी– चिनियाँ कम्युनिष्ट पार्टीका एक नेता अवैध ३० अर्ब नगद र १३ टन घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

हाइकु पार्टी कमिटीका सचिव तथा हेनान प्रान्तका स्थायी समिति सदस्य रहेका ५८ वर्षीय झाङ क्यूलाई घुस लिएको खलासा भएको हो । उनले साढे १३ टन अर्थात १२ हजार २ सय ४६ किलोग्राम सुन र ३० अरब अमेरिकी डलर घूस लिएको खुलासा भएको छ ।

भ्रष्टाचार जाँचबुझ ब्युरोका अधिकारीहरुले उनको घरमा छापा मार्दा हजारौं सुनका ‘इट्टा’ भेटिएका थिए । उनको खातामा ६ सय ६८ लाख बिलियन युआन अर्थात ३० अर्ब अमेरिकी डलर बराबर स्रोत नखुलेको रकम भेटिएको छ । उनको यो सम्पति गैरकनुनी नभएको भए चिनिया अनलाइन विजनेश कम्पनी अलिबाबाका पूर्वकार्यकारी अध्यक्ष ज्याकमा भन्दा धनी हुन सक्थे ।

झाङले कानूनको गम्भीर उल्लंघन गरेर सम्पती जोडेको चीनयाँ भ्रष्टाचार अध्ययन कमिटीले जनाएको छ । अवैध रुपैयाँ र सुनसहित पक्राउ परेका झाङलाई प्रहरी हिरासतमा राखिएको छ ।

उनी पक्राउ परेसँगै पार्टीका सबै कमिटीबाट निलम्बन गरिएको छ । चीनको पूर्वी अन्हुई प्रान्तमा जन्मिएका झाङ सन् १९८३ मा कम्युनिष्ट पार्टीमा आवद्ध भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button