२०७८ साल साउन १७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

घट्यो बिदेशी मुद्राको भाउ, कुन देशको कति ? (सूचीसहित)

रेडियो नेपाल २०७६ असोज १७ गते ९:०१
 

काठमाडौं । नेपाली बजारमा साताको छैटौं दिन आज (शुक्रबार)अमेरिकी डलरसहित प्राय सबै देशको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्डको भने भाउ बढेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ३२ पैसा र बिक्रिदर १४० रुपैयाँ ०६ पैसा रहेको छ । युएई दिराम एकको खरिद दर ३० रुपैया ८० पैसा रहेको छ भने बिक्रि दर ३० रुपैया ९६ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको मुद्राको भाउ तलको तालिकामा हेर्नुहोस्-

सम्बन्धित