तपाईँ सुन्दै हुनुहुन्छः

शिवश्री हाइड्रोपावरद्वारा आईपीओ निष्कासन

काठमाडौं । शिवश्री हाइड्रोपावरले असोज १६ गत बिहिबारेदेखि सर्वसाधारणमा ३३ करोड ५१ लाख मूल्य बराबरको साँढे ३३ लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री नभएको शेयर समेत थपेर एक सय रुपैयाँ अंकित दरका ३३ करोड ५१ लाख रुपैयाँ बराबरको ३३ लाख ५१ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म खरीदको लागि आवेदन दिन सक्नेछन ।

लगानीकर्ताले आईपीओमा छिटोमा असोज २४ गतेसम्म आवेदन दिन पाउनेछन् भने सो समयमा सबै आईपीओ बिक्री नभएमा ढिलोमा कात्तिक १५ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था रहेको शिवश्री हाइड्रोपावर कम्पनीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button