तपाईँ सुन्दै हुनुहुन्छः

गाउँघरमा देखिन छाड्यो चर्खेपिङ

सल्यान– मेलापर्वमा निकै रुचाइने चर्खेपिङ हिजो आज लोप हुदै जान थालेको छ । केही वर्षअघिसम्म गाउँघरमा हुने मेलापर्वमा जानुको मुख्य उद्देश्य हुन्थ्यो चर्खेपिङ खेल्ने तर आजभोली चर्खेपिङ लोप हुदै जान थालेको छ ।

मनोरञ्जनका आधुनिक साम्रागीले मेलापर्व भरिन थालेपछि चर्खेपिङको महत्व घट्दै जान थालेको छ । चाडपर्व र मेला मनाउने चलन फेरिएसँगै चर्खेपिङको पनि महत्व घट्दै जान थालेको छत्रेश्वरी गाउँपालिका वडा न २ दहखोलाका भीम बहादुर परियारले बताए ।

गाउँमा लाग्ने मेला, पर्वमा सबैको पहिलो रोजाई चर्खेपिङ खेल्ने हुन्थ्यो तर आजभोली मुस्किलले २/३ ठाउँमा मात्र देख्न पाइन्छ । उनले भने मेलामा चर्खेपिङ चढ्नका लागि गाउँ गाउँबाट मानिसको भीड लाग्ने गथ्र्यें केही वर्षयता भने मुस्किलले २/३ वटा देख्न पाइन्छ । मेलाको रौनकले चर्खेपिङले झल्काउथ्यो ।

युवापुस्तामा चर्खेपिङप्रति रुचि घट्दै जाँदा पनि यो लोप हुन थालेको सिद्ध कुमाख गाउँपालिका वडा न २ का विर बहादुर चलाउनेले बताए । उनका अनुसार विगत वर्षमा तीज भित्रिएसँगै गाउँ गाउँमा पिङ बनाउनेको लहर चल्थ्यो । दशै तिहार सकिएपछि मात्र निकालिन्थ्यो ।

दशैंको टिकाको दिन धर्ती छाड्दा पवित्र भइने मान्यता अनुसार गाउँगाउँमा पिङ हाल्ने प्रचलन थियो । उनले भने विगतमा मेलापर्वको बेला पिङे ठुलो महत्व राख्थ्यो । बालबालिका देखि बृद्धवृद्धासम्म पिङ खेल्न भिड लाग्ने गथ्र्यों । स्थानीय परम्परागत लोक संस्कृतिका रुपमा रहेका पिङ, ढिकी जाँतो संरक्षण तर्फ स्थानीय सरकारले पहल चाल्नु पर्ने स्थानीयको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button