तपाईँ सुन्दै हुनुहुन्छः

घरेलु मदिरा उत्पादनगर्ने ट्याँकीमा डुबेर एकै परिवारका ५ जनाको मृत्यु

बीरगंज ।

बारा जिल्लाको फेटा गाउँपालीका वाडा नम्बर ४ बतरामा अबैध घरेलु मदिरा उत्पादन गर्ने ट्याँकीमा डुबेर एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० बर्षिय जोगा मुखिया बिन,निजकी श्रीमती ३५ बर्षिया लालमुनि देबी,१२ बर्षिया छोरी सुमनी देबी मुखिया,भाई ३० बर्षिय महेन्द्र मुखिया बिन र बाबा भनिने एकजना भारतीय नागरीक रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक रन्जित सिंह राठौरले जानकारी दिनुभयो ।

मृतकको शव पोष्टमार्टमकालागी बाराको कलैया अस्पतालमा ल्याईएको र घटनाका बारेमा थप अनुसन्धान भईरहेको बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोख्रेलले बताउनुभयो ।

घटना रातको करीब ८.३० बजे भएको र अबैध मदिरा उत्पादन गर्ने ट्याँकी गहिरो रहेको र उनीहरु किन ट्याँकीमा पसे र कसरी उनीहरुको मृत्यु भयो भन्ने सम्बन्धमा थप अनुसन्धान भईरहेको बाराका प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनुभयो ।

मृतकहरुको शव ट्याँकी फोडेर बाहिर निकालीएको र मदिरा उत्पादन गर्ने केमिकल र ग्याँसको कारण उनीहरुको मृत्यु भएको प्रारम्भीक अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनुभयो ।

चाडबाडको बेला अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने क्रममा यो घटना भएको हुदा सुरक्षा निकाय यसतर्फ सचेत रहेको समेत प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button