तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीबाट गिती एलबम विमोचन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक डेढ बर्षको अवधी विकासको लागि प्रयाप्त समय नभए पनि यस अवधीमा सरकारले विकासका लागि आवश्यक धेरै संरचना निर्माण गरेको बताउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज ओयोजित गिती एल्वमको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा लामो समयदेखिको गरिवीको समस्या रहेकोले त्यसलाई क्रमशः कम गर्दै लाने काममा सरकार लागि परेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सरकारले मुलुकमा परिर्वनका लागि विभिन्न काम अघि बढाएकोले परिर्वतन र विकासको यस अभियानमा समाजको सबै क्षेत्रबाट सहयोग आवश्यक भएकोमा प्रधानमन्त्री ओलीले जोड दिनु भयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेकपाका सांसद तथा सचेतक शान्ता चौधरी तथा अनेमसंघका केन्द्रिय सदस्य भगवती न्यौपानेले गाएका दुई दूई वटा गीतको एलबम विमोचन गर्नु भएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले गीतका गाएकहरु बद्री पंगेनी शिशिर योगी लगायत संगीतकार, तथा कलाकारलाई कदरपत्रदारा सम्ममान समेत गर्नु भएको थियो ।

कार्यक्रममा नेकपाका सांसद तथा गीतका लेखक शान्ता चौधरीले कमलरी हुदाँ भोग्नु परेका समस्या र आफनै जीवनको भोगाईलाई सानो रुपमा भए पनि गीतमा समावेश गरेको बताउनु भयो ।

अनेमसंघका केन्द्रिय सदस्य भगवती न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको सपना जनतामा जागृत गरेर विकासको अभियान अघि बढाएकोले उहाँको प्रयासमा सबैको साथ र सहयोग हुनु पर्ने सन्देश गीतको माध्यमबाट प्रस्तुत गरेको बताउनु भयो । कार्यक्रममा नेकपाका उपाध्यक्ष बामदेव गौतम,महासचिव विष्णु पौडेल, भूमिव्यवस्था तथा सहकारी मन्त्री पद्यमा अर्याल तथा सांसदहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button