तपाईँ सुन्दै हुनुहुन्छः

एन्फाबाट पुरुस्कार हस्तान्तरण

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विविध शीर्षकमा पुरस्कार जितेका खेलाडी, रेफ्री तथा प्रशिक्षक लगायतलाई मंगलबार पुरस्कार हस्तान्तरण गरेको छ ।

अष्ट्रेलियामा हुने विश्वकप छनोटको खेलका लागि प्रस्थान गर्ने बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले पुरस्कार हस्तान्तरण गर्नुभयो ।

गत साता मात्र समूह चरणबाट बाहिरिएको यू–१८ टोलीलाई भने नगद पुरस्कार वितरण गरियो ।

विश्वकप छनोटको दोस्रो खेलमा ताइपेइलाई पराजित गरेको टोलीको सदस्यले जनही नगद २५ हजार प्राप्त गरेका छन् भने भारतको कलकत्तामा सम्पन्न साफ यू–१५ उपविजेता टोलीलाई जनही २५ हजार प्रदान गरिएको छ ।

त्यस्तै साफ यु –१८ च्याम्पियन्सिप सहभागी टीमलाई जनही १० हजार प्रदान गरिएको थियो भने नादेझ्दा कप –महिला राष्ट्रिय टोलीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button