तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा प्रदेश स्तरीय रेफ्रि कोर्स तालिम

दोलखा – अखिल नेपाल फुटबल संघको कार्यक्रम अनुसार दोलखा जिल्ला फुटबल संघले पहिलो पटक सदरमुकाम चरिकोटमा प्रदेश स्तरीय एन्फा रेफ्रि कोर्स तालिम सञ्चालन गरेको छ ।

तालिममा प्रदेश ३ को भक्तपुर, रामेछाप र रसुवा बाहेक १० जिल्लाका ३७ जनाको सहभागिता रहेको दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठले बताउनुभयो ।

सात दिनसम्म सञ्चालन हुने एन्फा रेफ्रि कोर्स तालिममा प्रयोगान्तमक र शैद्धान्तिक दुबै कक्षा सञ्चालन भै रहेको तालिमका प्रशिक्षक एन्फा रेफ्रि कमिटीका सदस्य सुरेन्द्र शिखाकारले बताउनुभयो ।

एन्फा रेफ्रि कोर्स तालिममा एन्फा रेफ्रि कमिटीका सदस्य सुरेन्द्र शिखाकार, सुदिस पाण्डे, किरण गिरी र ओम न्यौपाने प्रशिक्षण दिई रहनु भएको आयोजक दोलखा जिल्ला फुटबल संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

तालिमको उद्घाटन जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button