तपाईँ सुन्दै हुनुहुन्छः

‘६१ प्रतिशत नागरिकसम्म वित्तीय पहुँच’

काठमाडौं । नेपालका ६१ प्रतिशत नागरिकसम्म वित्तीय पहुँच पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैकका गभर्नर डा चिरञ्जीवि नेपालले आर्थिक वर्ष २०७५–७६ को अन्तसम्म ४१ प्रतिशत रहेको वित्तीय पहुँच अहिले बढेर ६१ प्रतिशत पुगेको जानकारी दिनु भयो ।

मिडिया इन्टरनेसनलको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर नेपालले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने राष्ट्र बैंकको योजना पनि सफलताको नजिक पुगेको बताउनु भयो ।

राष्ट्र बैकको पछिल्लो तथ्याड.क अनुसार ७५३ मध्ये ७३९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगिसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button