तपाईँ सुन्दै हुनुहुन्छः

पाँच किलो गाँजासहित दुई जना पक्राउ

वीरगन्ज –ईलाका प्रहरी कार्यालय पटेरवासुगौली पर्साबाट खटिएको गस्ती टोलीले पर्साको बहुदरमाई नगरपालिका वडा नं.६ बागेश्वरी त्रित्रौना चोक स्थित सडकमा आज बिहान चेकजांचको क्रममा अवैध लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।

चेकजाँच गर्ने क्रममा ना.२९ प ५८२५ नम्बरको मोटरसाईकलमा बागेश्वरी त्रितौनाबाट विन्दवासनी तर्फ जांदै गर्दा जिल्ला पर्सा बिन्दबासनी गाउँपालिका वडा न.३ बस्ने २२ वर्षिय धनन्जय कुमार दास र पोखरीया नगरपालिका वडा न. ८ बस्ने २४ वर्षिय बिकाश साहको साथबाट अवैध लागु औषध गाँजा ५ किलो ४०० ग्राम, मोटरसाईकलसहित निजहरुलाई नियन्त्रणमा लिएकाईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ ।

पक्राउ परेकाब दुई जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button