तपाईँ सुन्दै हुनुहुन्छः

पहिराका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी खुल्यो

बागलुङ – बागलुङको बडिगाड गाउँपालिका वडा नं. २, सक्न्यारको कालोपहरामा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको मध्यपहाडी  लोकमार्ग ३ घण्टापछि एकतर्फ खुलेको छ ।

आज बिहान करिब साढे ९ः०० बजे सो पहिरो खसेको थियो । बडिगाड गाउँपालिकाको पहलमा लोकमार्ग खुलाउन २ वटा डोजरको प्रयोग गरी पहिरो सामान्य हटाई एकतर्फी सडक सुचारु गरिएको प्रहरी चौकी खर्वाङका इन्चार्ज प्रहरी सहायक निरिक्षक मन वहादुर कार्कीले बताउनुभयो ।

दुइतर्फी सडक खुल्न भने केही दिन लाग्न सक्ने प्रहरीले जनाएको छ । पहिरो खसेपछि सयौं सवारी जाममा परेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button