तपाईँ सुन्दै हुनुहुन्छः

‘लगानी सम्मेलनमा करिव २५ अर्बको प्रतिवद्धता’

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनमा करिब २५ अर्बका लगानीको प्रतिवद्धता आएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका स्तरमा पहिलो पटक भएको लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले चाख देखाएको र पहिलो चरणमा स्वदेशी लगानीकर्ताहरुले विभिन्न १० वटा परियोजनाहरुमा करिब १५ अर्बको लगानीको प्रस्ताव गरेको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

सम्मेलनको क्रममा स्थानीय सरकार, प्रदेश सरकार तथा निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले नगरपालिका क्षेत्रमा लगानीको वातावरण निर्माण गर्न आआपmनो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको प्रमुख घिमिरेले जनाउनु भयो ।

लगानीको प्रतिवद्धता आएका १० परियोजनामा पर्यटन, कृषि, र पूर्वाधार क्षेत्रका बढी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button