तपाईँ सुन्दै हुनुहुन्छः

आफ्नो पार्टी र वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा :अध्यक्ष प्रचण्ड

Image may contain: 6 people, indoor

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी र वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताउनुभएको छ ।

ए एण्ड ए काठमाडौं मिडिया प्रा.लि.ले आजबाट सञ्चालनमा ल्याएको दैनिक अनलाइन शुभारम्भ समारोहमा अध्यक्ष प्रचण्डले संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रता विपरित हुने गरी वर्तमान सरकार र पार्टी कुनै कानुन ल्याउने र प्रेसलाई संकुचनमा पार्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले प्रेस स्वतन्त्रताको उपयोग संयम र राष्ट र जनहितको पक्षमा हुने र त्यसका लागि सरकार वा अरु कसैको नियन्त्रण र नियमनबाट नभई पत्रकारिता जगतकै स्वनियमबाट निर्देशित हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले प्रविधिको विकाससँगै सञ्चारका क्षेत्रमा देखा परेका गलत प्रचारलाई स्वच्छ पत्रकारिताको माध्यमबाट परास्त गरिनुुपर्ने बताउनुभयो ।

उहाँले जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै परिवर्तनलाई संस्थागत गर्ने सन्दर्भमा सञ्चारमाध्यम अन्य मोर्चाहरु भन्दा प्रभावकारी हुने पनि बताउनुभयो ।

अध्यक्ष प्रचण्डले केही सञ्चारमाध्यमबाट न्युनतम नैतिकता समेत ख्याल नगरी विभिन्न आक्षेप र कुप्रचार हुने गरेको भन्दै स्वच्छ पत्रकारितबाट त्यसको प्रतिवाद गर्न र न्याय दिनसमेत आग्रह गर्नुभयो ।

महासचिव विष्णु पौडेलले सरकार र पार्टी दुवै पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा दृढ रहेको र संविधानमा नै उल्लेख गरिएको पूर्ण पेस स्वतन्त्रता विपरित प्रेसलाई संकुचनमा पार्ने गरी कुनै कानुन नल्याउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button