तपाईँ सुन्दै हुनुहुन्छः

‘एकता प्रकृया पुरा भएको एक वर्षभित्र नेकपाले ऐतिहासिक लोकप्रियता हासिल गर्ने’

Image may contain: 7 people, people sitting and indoor

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीको एकता प्रकृया पुरा भएको एक वर्ष भित्र नेकपाले ऐतिहासिक लोकप्रियता हासिल गर्ने दाबी गनुभएको छ ।

बडा दशैं तथा शुभ–दीपावलीको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्पर्क समन्वय कमिटीले आज काठमाडौँमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी एकताको बाँकी काम अबको केही दिन भित्रै पुरा हुने र त्यसको एक वर्षभित्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाली जनताको एकमात्र पार्टी बन्ने दाबी गर्नुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले पार्टीका नीति र कार्यक्रमलाई सम्पूर्ण जनतासँग जोड्ने र तिब्र आर्थिक विकास हासिल गरी समाजवादी राज्यव्यवस्थाका मुख्य आधारहरू तयार गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button