तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटक भित्र्याउन पर्यटकीय स्थलहरूको प्रचारप्रसार आवश्यक : राज्यमन्त्री रावल

कञ्चनपुर –  सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले सुदूरपश्चिममा पर्यटक भित्र्याउन यहाँका पर्यटकीय स्थलहरूको प्रचारप्रसार आवश्यक रहेको बताउनु भएको छ ।
विश्व पर्यटन दिवसको अवसरमा नेपालको पश्चिमी सीमा नाका गड्डाचौकीबाट नेपाल भित्रिएका पर्यटकहरूको स्वागतार्थ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय तह र सरोकारवाला निकायहरू संग समन्वय गरेर कार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
त्यस्तै, भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंहले नेपाल भर्मण वर्ष २०२० को तयारी स्वरूप भीमदत्त नगरपालिकाले गतवर्ष देखि नै विभिन्न कार्यक्रम गरिरहेको बताउनु भएको छ ।
उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष जंग बहादुर मल्लले पर्यटक भित्र्याउन प्रत्येक वर्ष महोत्सवको आयोजना गर्दै आएको बताउँदै यो वर्ष थप कार्यक्रम गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button