तपाईँ सुन्दै हुनुहुन्छः

टोङ्गामा नयाँ प्रधानमन्त्री नियुक्त   

सुभा –   टोङ्गाका अर्थमन्त्री पोहिभा टु आई वान्टोआ नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ ।  पूर्व प्रधानमन्त्री आकिलीसी पोहिभाको ठाउँलाई बान्टोआले प्रतिस्थापन गर्नु भएको हो । आकिलिसीको गत सेप्टेबर १२ मा निधन भएको थियो ।

टापुले भरिएको यस देशको मताङ्गी टोङ्गी अनलाइनका अनुसार टोङ्गा संसदमा भएको निर्वाचनमा वान्टेआ नियुक्ति हुनु भएको हो ।

टोङ्गाका २३ जना सांसदले दिएको मतबाट उहाँ निर्वाचित हुनु भएको समाचारमा जनाइएको छ । सन् २०१० नयाँ सरकार प्रणालीअन्तर्गत प्रधानमन्त्रीको निर्वाचन प्रक्रियाअनुसार सदनका अध्यक्ष लर्ड फकाफानुआले प्रधानमन्त्रीको निर्वाचनको लागि आह्वान गर्नु भएको थियो ।
वान्टोआले अब नयाँ मन्त्रिमण्डल गठन गर्नु हुनेछ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button