तपाईँ सुन्दै हुनुहुन्छः

सांसद गगन थापाले पत्रकारलाई हप्काए : पत्रकारले गरे भ्रत्सना

जुम्ला । नेपाली काँग्रेसका सांसद तथा युवा नेता गगन कुमार थापाले जुम्लामा पत्रकारलाई बेवास्ता गरेका छन् । विहिबार नेपाली काँग्रेस जुम्लाको बृहत्त आमसभालाई सम्बोधन गर्न आएका थापासंग पत्रकार सम्मेनका लागि चार घण्टा जुम्ला विमानस्थलमा कुरेका पत्रकारलाई बेवास्ता गरि पठाइएको हो ।

नेपाली काँग्रेस नेता तथा चन्दननाथ नगरपालिका ५ वडाध्यक्ष गोल्डेन कठायत, युवा नेता महेन्द्र कार्की संग समन्वय गरी प्रेश युनियनले गरेको पत्रकार सम्मेलनलाई बेवास्ता गर्दै सांसद थापाले कार्यक्रम अगाडी पत्रकारसंग नबोल्ने अभिव्यक्ति दिए । डेढ दर्जन बढि पत्रकार थापाको पर्खाईमा दिउसो १ बजेदेखि साढे ४ बजे सम्म विमानस्थल कुरेका थिए । पत्रकार सम्मेलन कक्षमा ब्यानर टाँसी सकेको अबस्थामा समय छैन अहिले पत्रकारसंग बोल्दैन भन्दै झर्किएर गएपछि पत्रकार सम्मेलन स्थगित भएको हो ।

कार्मा बुढा, कान्तिका सेजुवाल लगायतका काँग्रेसका कार्यकर्ताले पत्रकार सम्मेलन नगर्ने भन्दै अगाडी बाटै भनेको र अन्नत चार घण्टा कुरेका पत्रकारलाई बेवास्ता गर्न लगाएको प्रेश यूनिकयनकै सदस्य प्रकाश उपाध्यायले बताए । उनका अनुसार टाँसेको ब्यानरको पनि कुनै मर्यादा नराखी स्वयम गगन थापा सहित नेता कार्यकर्ताले पत्रकार सम्मेलन चाहिदैन भनेका छन् ।
पहिला समय दिने, स्वयम गाडी पठाएर विमानस्थल लिने तर पछि पत्रकारलाई बेवास्ता गरेको घटना प्रति पत्रकार महासंघ जुम्लाले आपत्ती जनाएको छ । महासंघका अध्यक्ष बरम बहादुर महतले आफ्नै पर्खाईका बसेका पत्रकारहरुलाई वास्ता नगरी झोकमा बोल्दैन भनि जानु, चार घण्टा कुराएर टाँसेको ब्यानर समेतको अपमान गरेको प्रति नेपाली काँग्रेसप्रति भ्रत्सना जनाए ।
पत्रकारलाई खेलौना जस्तै बनाउने, भन्दै अध्यक्ष महतले आक्रोश व्यक्त गरे । भने, स्थानीय तथा राष्ट्यि मिडिका पत्रकार तयारी अबस्थामा बसेपनि अन्तमा आक्रोसित हुदै फर्केका थिए । यता, काँग्रेस नेता देबेन्द्र बहादुर शाहिले समयको बेस्थतालाई मध्यनजर गरी समय सारेको बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button