तपाईँ सुन्दै हुनुहुन्छः

किर्ते कागज बनाइ जग्गाको मूल्याङ्कन गराउने कन्सल्टेन्सीका कर्मचारी पक्राउ

काठमाडौ । बैंकिङ कसुर मुद्दाका संलग्न रहेका एक कन्सल्टेन्सीका कर्मचारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान यूरो ९सिआइवी० पक्राउ गरेको छ । एक ठाउँको जग्गाको कागजात बनाइ अर्को ठाउँको जग्गा राखेर बैंक अफ काठमाडौँबाट ऋण लिने क्रममा झुटा विवरणअनुसार जग्गाको मूल्याङ्कनमा गर्ने एभरेष्ट इञ्जियीनरिङ कन्सल्टेन्सी विराटनगरका कर्मचारी भेषराज खत्रीलाई पक्राउ गरिएको हो ।

फरार रहेका उनलाई पक्राउ गरी आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । जग्गाको काजगात कीर्ते गरेर ऋण प्रवाह गरेको आरोपमा यसअघि बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइवी०ले पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठसहित केही बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारी पनि छन् । उनीहरुले मिलेमतोमा खोलाको जग्गाको नक्कली कागजात बनाएर सुरेन्द्र श्रेष्ठलाई ऋण दिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनीहरुले तीन वर्षअघि कीर्ते गरेर करोडौँ रकम ऋणको रुपमा निकासा गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button