तपाईँ सुन्दै हुनुहुन्छः

भ्रमण वर्षको प्रचार अभियानमा निस्कनु भएका मन्त्री लम्साललाई गल्याङमा स्वागत

स्याङ्जा – गण्डकी प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री विकास लम्साललाई स्याङ्जाको गल्याङमा स्वागत गरिएको छ । स्याङ्जाको गल्याङ नगरपालिकाले मन्त्री लम्साललाई स्वागत गरेको हो ।

भ्रमण वर्षको प्रचार अभियानमा निस्कनु भएका मन्त्री लम्सालले आफुलाई स्वागत गरिएकोमा नगरपालिकालाई धन्यवाद दिदै भ्रमण वर्षलाई सफल बनाउने अभियानमा लाग्न अनुरोध गर्नुभयो ।

उहाँले पर्यटन क्षेत्रले नेपालको सम्बृद्वि ल्याउन सक्ने भन्दै सबै मिलेर भ्रमण वर्षलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री लम्सालले गल्याङ नगरपालिकाका विभिन्न ठाउँहरु पर्यटनका लागि महत्वपूर्ण रहेको भन्दै यसलाई प्रचार– प्रसार गर्न आफु कटिबद्व रहेको बताउनुभयो ।

मन्त्री लम्साललाई स्वागत गर्दै गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले यस क्षेत्रको विकासमा मन्त्री लम्सालले उच्च प्राथमिकता दिएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले गण्डकी प्रदेशमध्ये गल्याङमा सबै भन्दा बढि १७ वटा नमूना होमस्टेका लागि मन्त्री लम्सालको योगदान रहेको भन्दै आगामी दिनमा पनि सहयोग गर्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button