तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको डेढ वर्ष उपलब्धीपुर्ण : मुख्यमन्त्री पौडेल

चितवन – प्रदेश न ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले डेढ वर्षको अवधिमा ठुलो उपलव्धी हासिल गरेको दाबी गर्नुभएको छ ।

चितवन केरा उत्पादक संघको पाँचौ वार्षिक साधारण सभालाई बुधवार रत्ननगरमा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले अहिले सरकारप्रति आक्रोस पोख्ने बेला नभएको बताउनुभयो । प्रदेश सरकार जन्मिएको २ वर्ष पुगेको छैन मुख्यमन्त्री पौडेलले भन्नुभयो –” यसबीचमा धेरै काम गरेको छ, आक्रोस र आलोचना गर्ने समय होईन् ।”

प्रदेश सरकारले ऐन कानुन निर्माणदेिख विकास निर्माणको काम धेरै गरेको उनको दाबी छ । अन्य प्रदेशको तुलनामा प्रदेश ३ ले ठुलो काम गरेको मुख्यमन्त्री पौडेलले जिकिर गर्नुृभयो । पानी पर्दामा सरकार, हावाहुरी आउँदा नि सरकारले केही गरेन भनेर गाली गर्ने बानी अन्त्य गर्नुपर्छ उहाँले भन्नुभयो – ‘जनताले अनुभती गर्ने गरी काम भएको छ ।’ मुख्यमन्त्री पौडेलले सरकार सधै किसानको पक्षमा रहेको उल्लेख गर्दै सरकारसंग हातेमालो गर्न आग्रह गर्नुभयो ।

बिदेशबाट खर्वौको खाद्यान्न, तरकारी, फलफुल भित्रि रहेको प्रसंगमा मुख्यमन्त्री पौडेलले स्वदेशको उत्पादन बृद्वि गरेर आयात नियन्त्रण गर्न सरकार सचेत र संवेदनशिल रहेको बताउनुभयो । नेपालमा खेतबारी धेरै बाँझो रहेको भन्दै उहाँले त्यसको सदुपयोग गर्न सके धेरै हदसम्म आयात प्रतिस्थापन गर्न सकिने औल्याउनुभयो ।

चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदहरु कृष्ण प्रसाद खनाल, घनश्याम दाहाल, रत्ननगरका मेयर नारायण वन, चितवन केरा उत्पादक संघका पूर्व अध्यक्ष यज्ञ सुवेदी, निवर्तमान अध्यक्ष विष्णुहरी पन्त, चितवन केरा जोनका संयोजक खेमराज दुवाडी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कल्याण जोशी, केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लक्ष्मी यादव, चितवन केरा उत्पादक संघका महासचिव वेदप्रसाद भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो ।

उद्घाटनका अवसरमा अग्रज पत्रकार इश्वर जोशी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कल्याण जोशी, चितवन केरा उत्पादक संघका निवर्तमान अध्यक्ष विष्णुहरी पन्त, शिखर इन्सुरेन्सलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button