तपाईँ सुन्दै हुनुहुन्छः

हाइस र बस एकआपसमा ठोक्किदा  दुई जना घाइते

जुम्ला – कर्णाली राजमार्गको कालिकोट खण्डको पिली नजिकै खोलामा हाइस र बस ठोक्किदा दुईजना गम्भीर घाइते भएका छन् ।
कालिकोटबाट जुम्ला तर्फ आउदै गरेको बाँ ५ छ ६४२२ नम्बरको हाइस र जुम्ला तर्फबाट कालिकोट जादै गरेको ना ५ ख ७६२४ बस एक आपसमा ठोक्किदा उनीहरु घाइते भएका हुन् ।
कर्णाली प्राविधिक शिक्षालय जुम्लाबाट कालिकोट जिल्ला अस्पतालमा प्रयोगात्मक शिक्षाका लागि गएका विद्यार्थीहरु हाइसमा जुम्ला तर्फ फर्कदै गरेको सिँजा गाउँपालिका ६ रुगाकी नमिता रोकाया र गुठीचौर गाउँपालिका – ५ फोइगाउँकी लक्ष्मी धिताल घाइते भइन् ।
घाइते दुवै जनालाई कालिकोट जिल्ला अस्पतालमा उपचार भईरहेको घटना स्थलबाट गैरसरकारी महासंघ शाखा जुम्लाका अध्यक्ष अमर रोकायाले बताउनुभयो । उनीहरुको आँखा र ठाउकोमा चोट लागेको उहाँले बताउनुभयो ।
कर्णाली राजमार्गमा सञ्चालन हुने साना ठुला बस गाडीहरु तिब्र गतिमा गुडाउने र मोडमा हरन पनि नबजाउने गरेकाले एक–आपसमा माल बहाकदेखि यात्रु बहाक बस ठोक्किने गरेको यात्रुहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button