तपाईँ सुन्दै हुनुहुन्छः

एउटी महिला उद्यमी भए सिंगो समाज व्यवसायी बन्छ :मन्त्री थापा

 

काठमाडौं -महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले समाजलाई व्यवसायी बनाउन महिलाहरुलाई उद्यमशिल बन्न आग्रह गर्नुभएको छ ।

एक जना महिला उद्यमी भएमा सिंगो समाजलाई नै व्यवसायी बनाउन भुमिका खेल्ने भएकोले महिलालाई उद्यमशिल बन्न आग्रह गर्नुभएको हो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले प्रदेश नम्बर ३ का १३ जिल्लाका लागि आयोजना गरेको महिला उद्यमशिलता विकास तथा वित्तिय पहुँच सम्बन्धी तालिमको उद्घाटन गर्दे मन्त्री थापाले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले मेहनतका साथ लाग्यो भने सफल हुन सकिन्छ भन्ने उदाहरण हजुरी खाद्य उद्योगकी हजुरी बिष्टले दिएको समेत बताउनुभयो । २५ बर्ष अगाडी अचार बनाउने तालिम लिएपछि अचार उद्योग स्थापना गरेर सफल उद्यमीका रुपमा पहिचान बनाउनु भएकी हजुरी बिष्टबाट उद्यमशिलता विकासका बारेमा सिक्न मन्त्री थापाले आग्रह गर्नुभयो ।

“एकैपटक ठुलो व्यवसाय गर्नुपर्छ भन्ने मान्यतालाई त्यागेर सानो व्यवसाय शुरु गरेपनि व्यवसायिक सफलता हासिल गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

उहाँले महिला उद्यमशिलतालाई प्रर्वद्धन गर्ने,विकास गर्नका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले महिलाहरुलाई उद्यमशिल बनाउने,पूर्ण रुपमा व्यवसायिक बनाउने खालका तालिमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।
व्यक्ती —व्यक्ती मिलेर कसरी सफल हुन सकिन्छ भनेर लाग्नुपर्ने मन्त्री थापाको भनाई छ ।

मन्त्री थापाले सामुहिक लगानी गरेर व्यवसाय गर्दा पनि सफल हुन सकिने सुझाब दिदैँ सरकारले उद्यमीलाई सफल बनाउनका लागि विभिन्न खालका कर्जा प्रदान गरिरहेकाले त्यसको उपयोग गर्न आग्रह गर्नुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button