तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय संरक्षण दिवस बौद्धमार्गीहरुको भेला

दोलखा ।  परम्परागत रुपमा बन्यजन्तु तथा बनस्पतिको संरक्षणमा सक्रिय बौद्धमार्गीहरुलाई भेला गरेर गौरीशङ्कर संरक्षण क्षेत्रले छलफल तथा सुझाब सङ्कलन गरेको छ ।

राष्ट्रिय संरक्षण दिवस २०७६ को अवसरमा गौरीशङ्कर संरक्षण क्षेत्रले दोलखाको सिंगटीमा वातावरण तथा बन्यजन्तु संरक्षणमा बौद्धमार्गीहरुको भूमिका विषयमा छलफल आयोजना गरी जिल्लाको बिभिन्न गुम्बाका बौद्धमार्गी लामाहरुलाई भेला गरेको हो ।

सो अवसरमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बौद्धमार्गीहरुले विगत देखिनै बन्यजन्तुको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुहुदै संरक्षण क्षेत्रले बौद्धमार्गी लामाहरुसंग संक्षणको बारेमा धेरै कुरा सिक्न सक्ने बताउनु भयो ।

नेपालको लागि स्वीस राजदुत ऐलिजावेथ भोनकयापेलरले बन्यजन्तु, वनसपति र प्राकृतिक सुन्दरता जोगाउन संरक्षण क्षेत्रसंग बौद्धमार्गी लामाहरुको समेत भुमिका रहेको बताउनु भयो ।

कार्यक्रममा गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण साहले बौद्धमार्गीहरुले बन्यजन्तु तथा बनसपति संरक्षणमा महत्वपूर्ण भुमिका खेलेको र त्यसले संरक्षण क्षेत्रलाई ठूलो सहयोग मिलेको उल्लेख गर्नुहुदै संरक्षण क्षेत्रले पहिलो पटक उहाँहरुलाई भेला गरेर सम्मान गरेको बताउनु भयो ।

कार्यक्रममा रोल्वालिङ गुम्बाका प्रमुख रेमपोचे ङावाङ तेन्जीङ लामाले आफुहरु दोलखाको विकास, बन्यजन्तु तथा वनसपति संरक्षण र सांस्कृतिक सम्पदाको संरक्षणको लागि संरक्षण क्षेत्रसंग समन्वय गरेर अगाडि बढ्न तयार रहेको बताउनु भयो । कार्यक्रममा दोलखा जिल्लामा रहेको बिभिन्न ४० वटा गुम्बाबाट ४० जना बौद्धमार्गी लामाहरुको सहभागिता रहेको थियो ।

चार जनालाई संरक्षण पुरस्कार

राष्ट्रिय संरक्षण दिवस २०७६ को अवसरमा गौरीशङ्कर संरक्षण क्षेत्रले बिभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु हुने चार जनालाई सम्मान समेत गरेको छ । संरक्षण पुरस्कारबाट सम्मानित हुनेहरुमा पत्रकारिता तर्फ कारोवार दैनिकका दोलखा संवाददाता दिलबहादुर केसी, रोल्वालिङ गुम्बाका प्रमुख रेमपोचे ङावाङ तेन्जीङ लामा, संरक्षण शिक्षक गौरीशङ्कर माविका केपी भट्टराई र संरक्षण क्षेत्र ब्यवस्थापन समिति रामेछाप गुम्देलका नुर्वु शेर्पा रहनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button