तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल समूह चरणबाटै बाहिरियो

अजय बम । नेपाल यू–१८ साफ च्याम्पियनसिपको समुह चरणबाट नै बाहिरिएको छ । समुह ए को अन्तिम खेलमा भुटान र माल्दिभ्स विचको खेल गोलरहित बराबरी भएपछि नेपाल समुह चरणबाट नै बाहिरिएको हो ।

हलचोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा भुटानले माल्दिभ्सलाई कम्तिमा चार शुन्यले हराएमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहेको थियो । तर, त्यसको विपरीत भुटान र माल्दिभ्सबीचको खेल गोलरहित बराबरीमा सकियो । जसका कारण साविक विजेता नेपाल घरेलु मैदानमा समुह चरण पार गर्न सकेन ।

नेपालले आफ्ना दुई खेलमा माल्दिभ्स विरुद्ध एक एक गोलको बराबरी खेलेको थियो भने भुटानसँग तीन शुन्यले हारेको थियो । उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको बताएको टिमले आफ्नो खेलमा राम्रो गर्न नसक्दा अरुको भर परेको थियो ।

तर, विपक्षी टिमको खेलले पनि साथ दिएन । भुटान र माल्दिभ्सले त्यस्तो आक्रामक फुटबल खेल्न सकेनन् । दुबैलाई बराबरीले पनि सेमिफाइनलमा पुग्ने अवस्था रहेकाले पनि आनन्दको खेल खेले । ्

प्रतियोगितामा बुधबार भारत र श्रीलंकाविच खेल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button