तपाईँ सुन्दै हुनुहुन्छः

टेक्सटायल मेलामा अवलोकनकर्ताको भिड

काठमाडौं । काठमाडौको भृकुटी मण्डपमा जारी धागो तथा टेक्सटायल मेलामा शनिबार सर्वसाधारण अवलोकनकर्ताको भिड लागेको छ ।

बिहिबारबाट जारी मेलामा नेपालमा उत्पादान भएका धागो, त्यसबाट निर्मित कपडा तथा तयारी पोशाक उद्योगका उत्पादनहरु र कपडा उत्पादनका लागि आवश्यक मेशिनहरु प्रर्दशनीमा राखिएका छन् ।

नेपाल धागो उत्पदक संघको आयोजनामा भएको मेलामा नेपालका धागो उत्पादक कम्पनीहरु रिलायन्स, जगदम्बा, त्रिवेणी लगायत र कपडा उत्पादन गर्ने विभिन्न कम्पनीहरुका उत्पादनका ७४ वटा प्रर्दशन कक्ष रहेका छन् ।

मेलामा विगतमा भन्दा यस पटक सर्वसाधारणको निकै रुचि र चासो बढेको पाएको नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले जानकारी दिनु भयो ।

नेपालमा हाल विभिन्न धागो उत्पादन कम्पनीहरुबाट १५ अर्ब बराबरको धागो उत्पादन हुने गरेको छ । नेपालमा उत्पादित धागो मध्ये ११ अर्ब बरबरको धागो विदेशमा निर्यात हुन्छ भने ४ अर्बको मात्र नेपालमा खपत हुने गरेको नेपाल धागो उत्पादक संघले जनाएको छ ।

करिब १० हजार व्यक्तिलाई रोजगारी उपलब्ध गराएको धागो उद्योगमा करिब २ हजार करोडको लगानी रहेको छ ।

मेलाको शनिबार सम्ममा करिब ५० हजार जनाले अवलोकन गरेको अनुमान आयोजकहरुले गरेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button