तपाईँ सुन्दै हुनुहुन्छः

जितिया पर्वमा जनकपुरधामको गंगासागरमा भिड

जनकपुरधाम – मिथिलाञ्चल क्षेत्रसहित तराई मधेसको जिल्लाहरुमा महिलाहरुले मनाउने जितिया पर्व मनाउनेहरुको जनकपुरधामको प्रसिद्ध गंगासागरमा दिउँसोदेखि नै भिड लागेको छ ।

हिजोदेखि नहा खा गरेर शुरु भएको जितिया पर्वको अवसरमा जनकपुरधामको गंगासागरका अतिरिक्त धनुषसागर, दुग्धमतिमा पनि स्नान तथा देवी देवताहरुको पूँजापाठ गर्नेहरुको भिड रहेको छ । गंगाािगरमा स्नान गरेर जनकपुरधामको मठ मंन्दिरहरुमा पनि ब्रतिहरुले पूँजापाठ गर्नेहरुको घुुईचो नै रहेको छ ।

जितिया पर्व गर्ने महिला ब्रतिहरुले विहान र दिउँसो गरेर दुई पटक स्नान गरेर जिमुतवाहनको कथा श्रवण गर्ने गरेका छन् । ब्रतिहरुले जल पनि ग्रहण नगर्ने भएकाले निक्कै कठोर मानिन्छ । खरको सिन्को पनि भाँच्न नहुने मान्यता रहेकाले यसलाई खर जितिया पनि भन्ने गरेका छन् ।

जितिया पर्वको दोश्रो दिन विहान ४ बजे तीर जिमुतवाहनलाई काक्रो, पान, सुपारी सहितको सामाग्री अर्पण गरेर घरको देवालमान अढेस लगाएर दही च्युरा खाएर ओठगन गरेका छन् ।

आज दिनभरि, राती तथा भोली सवा तीन बजेसम्म कठोर ब्रत गर्ने चलन रहेको छ । आमाहरुले मनाउने जितिया पर्वमा सन्तान प्राप्ति, सन्तानको दीर्घजीवन तथा सु–स्वास्थ्यको कामना गरि मनाउने जितिया पर्व गर्ने ब्रतिहरुलाई अहिलेको गर्मी तथा सूर्यको तापले समस्या भएपनि ब्रत भएकाले कुनै समस्या नभएको जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ का कल्पना झाले बताउनुभयो ।

यसै गरी जनकपुरधामको वडा नंं ८ बाल्मिकी नगरमा जितिया पर्वको उपलक्ष्यमा कलात्मक माटोको प्रतिमा स्थापना गरेर जितिया मेला पनि लागेको छ । जितिया पर्वका ब्रतिहरुको सुविधाका लागि विवि सांंस्कृति कार्यक्रमको आयोजना गरिएको रामदेव यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button