तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा संसदीय दल बैठक : सांसदलाई जनताकै नजिकमा रहेर काम गर्न निर्देशन

फाइल तस्बिर

काठमाडौँ- नेपाल कम्म्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बर्षे अधिवेशन सकिएसँगै सांसदहरुलाई जनप्रतिनिधिको हैसियतमा जनताको नजिकमा रहेर काम गर्न निर्देशन दिनुभएको छ ।

संसदको बर्षे अधिवेशन सकिएपछि नेकपा संसदीय दलको आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले बर्षे अधिवेशन र सरकारले गरेका कामबारे जनतालाई जानकारी गराउँदै जनताकै नजिकमा रहेर काम गर्न निर्देशन दिनुभएको हो ।

बैठकले संसदमा भएका कामहरुको समिक्षा गर्दै बर्षे अधिवेशन सकिएपछि सांसद आफ्नो क्षेत्र फर्कदा कसरी जनताबीच प्रस्तुत हुने भन्ने विषयमा बैठक केन्द्रित भएको सचेतक शान्ता चौधरीले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले जनप्रतिनिधि सधैं जनताकै सामु रहने भएकाले आफ्नो क्षेत्रमा फर्कदा सरकारका सकारात्मक कामको जानकारी गारउँदै जनताको गुनासोलाई समेटेर अघि बढ्न सांसदहरुलाई निर्देशन दिनुभएको थियो ।

संसदीय दलको यस प्रकारको बैठक संसदको अधिवेशन बस्नु पहिले र अधिवेशनको अन्त्यमा संसदका काम कारवाहीको समिक्षा गर्न बस्ने चलन छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button