२०७९ साल असार १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानमा ड्रोन आक्रमणमा परी १८ सर्वसाधारणको मृत्यु   

रेडियो नेपाल २०७६ असोज ३ गते १७:१२

फाइल तस्बिर

जलालाबाद, अफगानिस्तान- अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका स्थानलक्षित बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी १८ अफगान नागरिकको मृत्यु भएको छ ।

यस घटनामा अन्य ६ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता मबारिज अतालले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ ।

यो कारबाही बाजिर ताङगी क्षेत्रमा नेटोआवद्ध सैनिकबाट भएको बताइएको छ । आइएस लक्षित यस कारबाहीमा दुर्भाग्यबस सर्वसाधारण परेका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

यस कारबाहीको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।
रासस -सिन्हवा

सम्बन्धित