तपाईँ सुन्दै हुनुहुन्छः

जहाज होल्ड हुनुको कारण पत्ता लगाई आवाश्यक सुधार गर्न निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज होल्ड हुनुका कारणबारे सत्यतथ्य पत्ता लगाई आवश्यक सुधार गर्न निर्देशन दिनुभएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा सेवा सुविधा सुदृढीकरणको अयिभानमा जुट्नुभएका पर्यटनमन्त्री भट्टराईले विमानस्थलको समस्या सुन्नासाथ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले विमानस्थलका सन्दर्भमा प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई तत्काल घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टाअघि दूरी मापन गर्ने उपकरण (डिएमइ) तथा ‘भिएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज’ (भिओआर) मा समस्या देखिएपछि विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको छ ।

उक्त प्राविधिक समस्याका कारण विमानस्थलमा करीब दुई घण्टासम्म जहाज अवतरण गर्न सकेका थिएनन् ।
मर्मतपछि अहिले नियमितरुपमा उडान अवतरण भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
विमानस्थलका अनुसार भिओआर र डिएमइ उपकरण आज बिहान १०ः४८ मा बिग्रिएको थियो । झण्डै डेढ घण्टाको मर्मतपछि सेवा पुनःसञ्चालन गरिएको थियो ।
सो समयमा विभिन्न गन्तव्यबाट आएका सात अन्तर्राष्ट्रिय जहाज अवतरणको पर्खाइमा आकासमा होल्ड भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button