तपाईँ सुन्दै हुनुहुन्छः

भ्रमण वर्षका सबै सूचना अव वेबसाइट र सामाजिक सञ्जालमा

काठमाडौं ।  सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालहरु फेसबुक, ट्विटर, इन्स्टाग्राम र लिङ्डइनका खाताहरु सञ्चालनमा ल्याइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले बुधबार काठमाडौंमा एक कार्यक्रममा बीच ‘नेपाल भ्रमण वर्ष २०२०’ को सम्पूर्ण सूचनाहरुका बारे जानकारी दिने उद्देश्यका साथ तयार पारिएको सो आधिकारिक वेबसाइट तथा सामाजिक संजालका ह्यान्डलहरुको एकैसाथ शुभारम्भ गनुभएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षको तयारीको कामलाई तीव्रता दिने क्रममा यसको आधिकारिक वेबसाइटको पनि शुभारम्भ गरिएको बताउनुभयो ।

भ्रमण वर्षको आधिकारिक वेबसाइटमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपालसम्बन्धी जानकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिहरुको पनि सोसम्बन्धी सन्दर्भ सामग्रीहरु भिडियोमार्फत सार्वजनिक गरिनेछ ।

मन्त्री भट्टराईले यी वेबसाइटहरुबाट नेपाल भ्रमण वर्षको तयारीका सम्पूर्ण गतिविधि सार्वजनिक गर्न पनि सम्बद्ध सबै निकायलाई निर्देशन दिनुभयो ।

मन्त्री भट्टराईले यसअघि ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन उद्योगी, व्यवसायी र कलाकारहरुसँग छलफल गर्नुभएको थियो ।
‘‘नेपाल भ्रमण वर्ष २०२०’ को सचिवालयले तयार पारेका वेबसाइटहरुमा www.visitnepal2020.gov.np र www.visitnepalnews.gov.np छन्।

त्यसैगरी सामाजिक सञ्जालहरुका ह्यान्डलमा facebook-nepallifeexperiecces, Instagram-@visitnepalyear2020_official, Linkedin-@visitnepal2020-secretariat रहेका छन्।

यसमा नेपाल भ्रमण वर्षका सम्पूर्ण सूचनाहरु समावेश गरिने छ । भ्रमण वर्षका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यका अनुशार भ्रमणबर्षका सबै जानकारी सूचनाहरु यसमा समावेश गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button