तपाईँ सुन्दै हुनुहुन्छः

‘संविधान दिवस’ राष्ट्रिय पर्वको रुपमा मनाइने

विराटनगर –प्रदेश न १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमत कार्कीले प्रदश न १ ले यो वर्षको संविधान दिवस राष्ट्रिय पर्वको रुपमा मनाउन लागेको बताउनु भएको छ

मन्त्रालयले संविधान दिवसको तयारीका बारेमा बिराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले नेपालको नया संविधानले आम नेपाली जनताको अधिकारलाई शुनिश्चित गरेकाले संविधान प्रतिको अपनत्व बढाउन पनि दिवस महत्वपुर्ण रहेको बताउनुभयो ।

संविधानले सबै जाति समुदायलाई अधिकार सम्पन्न बनाएकाले संविधान दिवसमा सबैलाई सहभागी हुन उहाले आग्रह गर्नुभयो ।

कार्यक्रममा बिराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले संविधान दिवस सभ्य र भव्य रुपमा मनाउन बिराटनगर सडक मर्मत सम्भार तथा नगर सरसफाईको कामलाई अघि बढाएको बताउनुभयो । उहाले यो वर्ष मनाउन लागेको संविधान दिवसमा हजारौ नगरबासीको सहभागिता रहने बताउनुभयो । प्रदेस न १ को सरकारले संविधान दिवस तिन दिनसम्म मनाउनका लागि भव्य तयारी गरेको छ

असोज– ३ गते संबिधान दिवसको अवसरमा विराटनगर स्थित आदर्श माविबाट बिहानवाट बाजा–गाजा , झाकीसहित प्रभातफेरी आयोजना हुनेछ । प्रभात फेरीपछि बिराटनगरस्थित सहिद रंगशालमा हुने कार्यक्रममा विभिन्न समुदायले विभिन्न झाकी , नेपाली सेना, नेपाल प्रहरी तथा सशत्र प्रहरीले सलामी अपर्ण गर्ने कार्यक्रम रहेको छ ।

यसैगरि प्रदेस सरकारले प्रदेश न १ को १४ वटै जिल्ला तथा स्थानिय तहहरुका विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउने तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button