तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पूर्वानुमानले निकाल्यो सूचना(सूचना हेर्नुहाेस्)

काठमाडौं ।  सोमबारदेखि मुलुकभर मनसुनी वर्षा निरन्तर भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले मुलुकभर बदलीसँगै वर्षा भइरहेको हो ।

भारतको उडिसा र पश्चिम बंगाल आसपासमा बनेको न्यून चापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मुलुकभर मनसुनी गतिविधि बढिरहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो ।

मनसुनको न्युन चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तर राजस्थान, हरियाणा, दिल्ली दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालको खाडीलाई बुझिन्छ ।

यस्तै गरी जल तथा मौसम पूर्वानुमान विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले निरन्तरको वर्षाका कारण बाढी आउने भएकाले बुधबार र बिहीबार देशका पूर्वदेखि मध्यपश्चिमसम्मका क्षेत्रमा बहने नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको छ ।

शाखाले कोसी, बाग्मती, नारायणी, पूर्वी राप्ती, रिउखोला, अरुण, तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला, लालबकैयालगायत मकवानपुर, बारा, पर्सा चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ भई बहने नदीमा बहाव बढ्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

सूचना हेर्नुहाेस् :

प्रतिक्रिया राख्नुहोस्

Back to top button