तपाईँ सुन्दै हुनुहुन्छः

आजको मौसम- अधिकांश स्थानमा बिहानैदेखि वर्षा

काठमाडौं । आज देशका विभिन्न भागमा बिहानैदेखि वर्षा भइरहेको छ ।अहिले देशका पूर्वी र मध्य भूभागका धेरै स्थान तथा पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार बंगालको खाडीबाट अाएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको छ ।

आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बिहीबारबाट भने मौसममा केही सुधार आउने महाशाखाले जनाएको छ ।

मौसम विश्लेषण :

हाल मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको छ र पुर्वी भाग औसत स्थान भन्दा थोरै उत्तर तर्फ रहेको छ। साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ | बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको छ | तलको नक्शामा मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को औसत स्थान देखाइएको छ।

देशभर समग्र मौसमको अवस्था :
हाल  पुर्वि तराइ, मध्य र पश्चिमका केहि स्थानमा सामान्य बदली भई मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ भने बाँकि भु-भागमा पनि आँसिक देखि सामान्य बादलिको अबस्था छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान :

भाद्र ३१ गते (मंगलबार)

दिउँसो: देशभरी सामान्य  देखि पुर्ण बदली रही मध्य र पूर्बी भुभागका धेरै स्थानमा तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

राती: देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।  मध्य र पश्चिमका थोरै र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ०१ गते (बुधबार)

दिउँसो: देशभरी सामान्य  बदली रही मध्य भुभागका धेरै स्थानमा र देशका बाँकी भू-भागहका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

राती: देशभर पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित मध्यम वर्षा हुनेछ।  पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ०२ गते (बिहिबार)

दिउँसो: देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

 राती: देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानमा मेघ गर्जन/चट्टयांग सहितको वर्षा हुने साथै मध्य तथा पश्चिमि भु-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने अनि नदिमा पानिको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध छ|

प्रतिक्रिया राख्नुहोस्

Back to top button