तपाईँ सुन्दै हुनुहुन्छः

गुणस्तरीय काम गर्ने गरी निर्माण अघि बढाउन आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिटो र धेरै विकासका काम गुणस्तरीय रुपमा सम्पन्न गर्ने गरी निर्माणका काम अघि बढाउन निर्माण व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ ।

नेपाल निर्माण व्यवयायी संगठनको प्रथम एकता दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आगामी तीन वर्षमा देशमा विकास हुन्छ भन्ने विश्वास जनतामा जगाउने गरी काम गर्न सरकार र व्यवसायीहरु मिलेर अघि बढनु आवश्यक भएकोमा जोड दिनु भयो ।

अध्यक्ष दाहालले निर्माण क्षेत्रको कमलाई प्रभावकारी गराउन लो विडिङ र मोविलाइजेसन्स रकमको विषयमा देखिएका समस्या समाधान गरी वैज्ञानिक विधि निर्धारण गर्नु आवश्यक भएको बताउनु भयो ।

अध्यक्ष दाहालले सरकार र निर्माण व्यवसायीहरुले एक अर्काको तर्फबाट भोगेका समस्यालाई वैज्ञानिक ढंगले समाधान गर्न सबैको इमान्दार प्रयासको खाँचो रहेकोमा पनि जोड दिनु भयो ।

कार्यक्रममा नेकपाका महासचिव विष्णू पोडेलले सरकारका विकासका अपेक्षालाई समयमा र निर्धारित लागतमा पुरा गर्न निर्माण व्यवसायीहरुले भूमिका खेल्नु आवश्यक भएको बताउनु भयो ।

कार्यक्रममा संसदका विभिन्न समितिका सभापतिहरुले नेपालको पूर्वाधार निर्माणको काम पारदर्शी, समयवद्ध तथा वैज्ञानिक रुपमा अघि बढनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा भौतिक पूर्वाधारहरुको विकास र नेपाली निर्माण व्यवसायको अवस्था विषयक कार्यपत्रमा समूहगत छलफल गरी प्राप्त निष्कर्ष नेपाल सरकार तथा नेकपालाई बुझाउने कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button