तपाईँ सुन्दै हुनुहुन्छः

सोमबार ११ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

साताको दोस्रो दिन अर्थात सोमबार  सुनको मूल्य ह्वात्तै बढेको छ।

आज छापावाल सुन ११ सयले बढेर प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ८६५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ८४० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button