तपाईँ सुन्दै हुनुहुन्छः

गर्भवती महिलाको हेलिकप्टरबाट उद्दार, नेपालगन्ज लगियाे

अछाम-अछाममा गर्भवति महिलाको उपचार सम्भव नभएपछि हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ । कमलबजार नगरपालिका वडा नम्बर १ मुली निवासी २० बर्षिया ईन्द्रा बिकलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत नेपालगञ्ज रेफर गरिएको जिल्ला स्वास्थ कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताउनुभयो ।

अछामको बयालपाटा अस्पतालमा उपचार गराईरहेकी बिकको अवस्था जटिल भए पछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको थियाे ।
जनप्रतिनिधि तथा सराेकारवालाकाे पहलमा हेलिकप्टरबाट उद्दार गरि नेपालगनञ्ज पठाईएकाे हाे ।  राष्ट्रिय सभासदस्य शेर बहादुर कुँवर, प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका अञ्जु ढुंगाना लगायतको पहलमा नेपालगञ्ज पठाईएको प्रमुख ढुंगानाले बताउनुभयो ।

न्याय हेल्थ बयालपाटाका प्रमुख डाक्टर विकास गौचनका अनुसार ज्वरो आएपछि बयालपाटा अस्पतालमा भर्ना गरिएको थियो । ३ दिन सम्म स्वास्थ्यमा सुधार नआएपछि रेफर गरिएको गौचनले बताउनु भयो । २८ हप्ताको गर्भवति बिक २६ गतेदेखि बयालपाटा अस्पतालमा उपचार गराईरहनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button